जनकपुरमा प्रहरी र गाउँ’बासीबीच झडप : प्रहरीद्वारा अश्रुग्यास प्रहार !

न्यूज डेस्क     २०८१ आश्विन २, बुधबार १९:४८ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामस्थित प्रहरी र स्थानीयबीच झडप भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुवा बजारस्थित आयोजना गरिएको ईन्द्र पूजाको उपलक्ष्यमा रहेको मेलामा केटी (महिला नर्तकी, ओरकेष्ट्रा) नचाउन पाउनुपर्ने भन्दै स्थानीयहरुले सडक जाम गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ ।

साँझ ६ बजेको समयमा मेलामा भारत बिहारबाट मगाइएको ओरकेष्ट्रा नाचलाई धनुषा प्रहरीले रोकेपछि झडप भएको हो । जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नचाउन खोजेपछि झडप भएको हो ।

नाच नाच्न तयार भएको अवस्था हनुमानचौकीबाट खटेको प्रहरीले जिल्ला प्रहरीको निर्देशन भन्दै रोकेपछि स्थानीय युवकहरुले कुवा बजारस्थित सडक जाम गरेको थियो । सवारी साधनहरु आवतजावत थप परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले तुरुन्तै अतिरिक्त फोर्स पठाएर उनीहरुलाई भगाउँदै सडक खुलाएको हो ।

 

स्थानीयहरु उग्रता प्रदर्शन गर्न थालेपछि प्रहरीले ३ राउण्ड आश्रुग्याँस प्रहार गरेको हो । भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणको लागि आश्रुग्याँस प्रहार गर्नुपरेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकार दिए । अहिले सो ठाउँसहित क्याम्पसचोक, एयरपोर्ट एरियामा माेटाे सँख्यामा प्रहरी परिचालन गरिएको हो ।

सो क्रममा जिल्ला प्रहरीले पाँच जना महिला नर्तकीलाई समेत पक्राउ गरेको छ । आँश्रुग्यास लागेर एक मोटरसाइकल चालक समेत घाईते भएको हो । गन्तव्यतर्फ जाँदै गर्दा प्रहरीले छोडेको आश्रुँग्यास लागेर उनको मोटरसाइकल अनियन्त्रित भएर एक बसमा ठोक्किएको बताए । उनी घाईते भएको बुझिएको छ । प्रहरीले उनलाई त्यहाँबाट तुरुन्तै निकालेर अस्पतालतर्फ लगेको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।

प्रतिक्रिया





Top