संविधान दिवसको पूर्वसन्ध्यामा जनमतले अघि सार्‍यो ५ माग

न्यूज डेस्क     २०८१ आश्विन २, बुधबार २१:५७ बजे मा प्रकासित


जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान दिवसको पूर्वसन्ध्यामा पाँचवटा माग अघि सारेको बताए ।

संविधान संशोधन गर्नुपर्ने भन्दै त्यहीसँग जोडिएका पाँचवटा माग पार्टीले अघि सारेको छ ।

जनमतले अघि सारेको मागमा पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना गर्नुपर्ने छ ।

त्यस्तै संविधान संशोधन गरेर प्रदेशको सीमाङ्कन सच्याउनुपर्ने भाषिक तथा जनसंख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि जनमतको माग रहेको छ ।

त्यस्तै सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने पनि जनमतको माग रहेको छ ।

प्रतिक्रिया





Top