मधेश प्रदेश : अर्थ तथा योजना समितिको सभापतिमा अनिता साह चयन

न्यूज डेस्क     २०८१ आश्विन ४, शुक्रबार २३:१३ बजे मा प्रकासित


जनकपुरधाम । मधेस प्रदेशसभाअन्तर्गतको अर्थ तथा योजना समितिको सभापतिमा जनमत पार्टीकी अनिताकुमारी साह चयन भएकी छन् ।

प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरुमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन तोकेकोमा जनमत पार्टीकी साह सर्वसम्मत चयन भएकाे छ ।

 

साह जनमत पार्टीकी समानुपातिक प्रदेशसभा सदस्य हुन् ।

यसअघि यस समितिका सभापति जनमत पार्टीकै सांसद सतिशकुमार सिंह थिए। उनी मुख्यमन्त्री बनेपछि सो पद रिक्त भएको थियो ।

प्रतिक्रिया





Top