सिरहा । जनमत पार्टीका राष्ट्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य माननीय डा.सी.के.राउत आफ्ना नेता कार्यकर्ताहरू लाई दशैंको पूर्व संध्यामा प्रशिक्षण, तथा शुभकामना दिन असोज १० गते सिरहा जिल्ला को मिर्चैया कटारी चौक स्थित रामजानकी पार्टी प्यालेस मा आउदै छ ।
कार्यक्रम मा बिशेष गरी पार्टी केन्द्रीय र प्रदेश सदस्यहरु,पालिका पदाधिकारीहरु,वडा समितिका अध्यक्ष र सचिव साथै जिल्ला समनव्य समितिका सदस्यहरु लाई डा.राउत कै प्रमुख आतिथ्यमा प्रशिक्षण दिने कार्यक्रम तय भएको केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्मल मण्डल ले जानकारी दिनुभयो ।
नेता मण्डलका अनुसार जनमत पार्टीले आगामी निर्वाचन लाई लक्षित गरि U24 अभियान लाई अझ सशक्त बनाउन कार्यकर्ताहरु लाई प्रशिक्षण अति जरुरी भएकोले अध्यक्ष राउत आफैं मेचि महाकाली प्रशिक्षण अभियान चलाएको छ। यो अभियान भाद्र ३० गते बर्दिया बाट प्रारम्भ गरि असोज १४ गते झापा जिल्ला मा समापन गर्ने तालिका रहेको जनाईएको छ ।
उक्त कार्यक्रम मा मिर्चैया नगरपालिका लगायत जिल्ला भरिबाट भारी संख्यामा अन्य पार्टी बाट जनमत पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।








प्रतिक्रिया