सबैला नगरभित्र सुरक्षा टाईट छ, दुर्गा मेलामा चारैतर्फ सिसिटिभीको निगरानी : ईस्पेकटर क्षेत्री

न्यूज डेस्क     २०८१ आश्विन २१, सोमबार २३:३६ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ३ मा पर्ने सबैला बजारमा रहेको श्री श्री १०८ श्री माँ दुर्गा भवानी प्रतिस्ठान सबैला मन्दिर दुलही झै धुमधाम सहित मेला भब्य तयारीका गरिएको छ ।

सबैला नगर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। दुर्गा पुजा अवसरमा अवाञ्छित गतिविधि हुन नदिनका लागि सबैला क्षेत्रमा कडाई गरिएको हो । चारैतिर सिसी क्यमरा जडान गरिएको हाे अपराधी कार्य गर्ने यस्ता देखिने तुरुन्तै कार्वाही गरिने बताए । दुर्गा मेलामा बिशेश थप जनकारि लागि मेला समितिबाट सबैला नगरपालिकाका मेयर यादवले एक भिडियो मार्फत सन्देश  दिएकै छ ।

मेलामा जम्मा १०० जना प्रहरी परिचालन हुने भने २० जनाको टाेलि सहित रहेका बताएका हुन । जस्मा २० जना महिला प्रहरी पनि खाेइचका लागि खटिने छ ।

सुरक्षाकर्मीले सबैला क्षेत्रमा संयुक्त गस्ती समेत शुरु गरेका छन। इलाका प्रहरी कार्यालय सबैला प्रहरी निरीक्षक दिपक महत क्षेत्री भने, ‘अझै थप मेला भित्रै संयुक्त गस्तीको कार्यलाई निरन्तरता दिन्छौं ।’

सबैला मेला क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अन्य अपराधिक कार्य नियन्त्रण गर्नका लागि गस्तीको कार्य भैरहेको उनले बताए। संयुक्त गस्तीको कार्यलाई प्रभावकारी बनाउनका लागि सुरक्षाकर्मी मेला भित्र खटिएकाे छ ।

मेलामा धनुषा सिरहा महोत्तरी लगायत भारतका भक्तजन आउने व्यक्तिहरूको सवारीसाधन सहित चेकजाँच समेतल सुरक्षाकर्मीले कडाई गरेका छन। शंकास्पद सोधपूछको कार्य समेत हुन बताएका छन ।

प्रतिक्रिया





Top