सिरहाबाट भारत लैजाँदै अवैध दारु पक्राउ

न्यूज डेस्क     २०८१ आश्विन ३०, बुधबार ०५:१७ बजे मा प्रकासित


सिरहा । सिरहाबाट भारत लैजाँदै गरेको अवैध मदिरा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सिरहा नगरपालिका-१५ बुधौराबाट सशस्त्र प्रहरीले अवैध मदिरा नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी ८१ हजार रुपैयाँ बराबरको भन्सार छलीका सोफी नामक मदिरा नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख शिव गैरेले बताए ।

यसैगरी प्रहरीले मदिरा लोड गरिएको तीन थान भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । मोटरसाइकल र मदिरा भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गैरेले जनाए ।

प्रतिक्रिया





Top