‘पुलिस अफ द मन्थ’ बनिन् इन्स्पेक्टर मिश्रा

न्यूज डेस्क     २०८१ कार्तिक २६, सोमबार ०६:१५ बजे मा प्रकासित


जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) निकिता कुमारी मिश्रालाई असोज महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषणा गरिएको छ ।

प्रहरी कार्यालयले उनीप्रति सम्मान व्यक्त गर्दै प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीको हातबाट प्रशंसा पत्रसहितको सम्मान प्रदान गरेको हो ।

 

प्रहरी निरीक्षक मिश्राले घरेलु हिंसा र लैङ्गिक हिंसासम्बन्धी ३६ वटा उजुरीहरूलाई सफलता पूर्वक अनुसन्धान गरी निस्कर्षमा पुर्याएकी छन्। उनले गाउँ समाज, स्थानीय जनप्रतिनिधि, तथा पक्ष-विपक्षसँग समन्वय गर्दै उजुरीहरूको छानबिन र समाधानमा योगदान पुर्याएकी छिन्।

सामुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न संघसंस्थासँग मिलेर सचेतना अभिवृद्धि गर्न प्रभात फेरी कार्यक्रम, जनकपुर नगरी सरसफाई, जेष्ठ नागरिक दिवस, र मानव बेचबिखन विरोधी कार्यक्रमहरू सफलतापूर्वक संचालन गरेकी छन् ।

यस अतिरिक्त, उनले अवैध भन्सार चोरी निकासी नियन्त्रणमा पनि प्रभावशाली भूमिका निर्वाह गर्दै रु २९ लाख २९ हजार ६२० बराबरको सामान नियन्त्रणमा लिई राजस्व वृद्धि गर्न उल्लेखनीय योगदान पुर्याएकी छिन् ।

उनको अपराध अनुसन्धान र अनुशासित कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै उनीलाई असोज महिनाको ुउत्कृष्ट प्रहरीु को रूपमा सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया





Top