जनकपुरधाम । अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नारायण साहले सामप्रदायिकता फैलाउन खोज्ने जो सुकैलाई पनि कानूनी कारवाही गर्नु पर्ने माग गरेको छ ।
नेता साहले संचारकर्मीहरु संग आफनो प्रतिक्रिया दिदै मधेशी माथि अपमान जनक शब्द बोल्ने र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न माग गरेको छ ।
मधेशी सभ्यतामा असर पर्ने खालका शब्द प्रयोग गरि अपशब्द बोल्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनु पर्ने र सचेत गराउनु पर्ने उनको माग रहेको छ । हिजो शनिबार भएको एनपीएल खेलको बिजेता जनकपुर बोल्ट्सलाई लक्षित गरेर केहि व्यक्तिहरुले अनावश्यक शब्दहरु प्रयोग गरि सामाजिक संजाल तथा अन्य स्थानमा मधेशको प्रतिष्ठामाथि खलल पुर्याउने खालका शब्दहरु प्रयोग गरेको प्रति नेता साहले विरोध जनाएका छन् ।
मधेशीलाई बिभिन्न तरिका होच्याउने, अपमान गर्ने, तल देखाउने, बेइज्जत गर्ने , कुटपिट गर्ने जस्ता कार्यहरु गरेको भन्दै यथाशिघ्र कारवाही गर्नुपर्ने साहको सम्बन्धित निकायसँग माग छ ।
मुलुकी फौजदारी संहिता, २०७४ को राज्य बिरुद्धका कसूर अन्तर्गत दफा ४९ (४) विभिन्न जातजाति वा सम्प्रदायबीचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख भएको सोही ऐनको सार्वजनिक शान्ति विरुद्धको कसूर अन्तर्गत दफा ६५ (१) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट धर्म, वर्ग, जातजाति, सम्प्रदाय वा भाषाको आधारमा नेपालको विभिन्न वर्ग, क्षेत्र वा समुदायका व्यक्तिहरुका बीचको सुसम्बन्धमा खलल पार्ने काम गर्न हुँदैन” भन्ने व्यवस्था गरेको देखिन्छ । तर यो व्यवस्थालाई उल्लङ्घन गर्दै फाइनल खलको बिजेता जनकपुर बोल्ट्सका समर्थकहरुलाई काठमाडौंमा अपमानजनक शब्द प्रयोग गर्दै रड प्रहार गरि कुटपिट गर्नु निन्दनीय रहेको बताउदै साहले दोषीलाई शिघ्र कारवाहीको माग गरेका छन् ।
प्रतिक्रिया