GPL सिजन दोस्रोको सम्पुर्ण त्यारी पूरा आजै उद्घाटन म्याच खेल्ने।

न्यूज डेस्क     २०८१ पुष २४, बुधबार १०:३३ बजे मा प्रकासित


अमित ठाकुर,रौतहट/पौष २४। रौतहटको सदरमुकाम गौरमा दोस्रो पटक गौरी शंकर यादव प्रिमियर लिग (जिपीएल) शुरु हुने भएको छ । पौष १८ गते देखी शुरु हुने (जिपिएल) केही प्राविधिक गडबडीका कारण २४ गते अर्थात आजैबाट उद्घाटन म्याच खेल्ने भएको हो। सो क्रीकेट प्रतियोगितामा गौर नगरपालिकाका ९ वटै वडाका टिमको सहभागीता रहने छ ।

 

गत बर्ष भएको (जिपिएल) म्याचको उपाधी गौर नगरपालिका वडा नंबर ४ का टिम बनेका थिए। यसपालि पुण्ह गौरीशंकर यादव प्रतिष्ठानले (जिपिएल) टि 20 नकआउट टुर्नामेन्टको आयोजना गरेका छन् र यो टुर्नामेन्ट हाम्रा नगरका युवा खेलाडीहरु प्रदेश तथा देशमा राम्रो खेलोस र छनौट होस् भन्ने चाहनाले (जिपिएल) सुरुवात गरेको गौर नगरपालिकाको युवा नेता मोहन यादवले बताएका छन्। यसपालि (जिपिएल) सिजन दोस्रो मा गौर नगरपालिकाका ९ वटै टिम आईपिएल जस्तै बिक्री भएका छन्। भने नगरका ९ वटै टिममा रौतहट जिल्लाकै खेलाडीहरु मध्ये प्रत्येक टिमले ३/३ वटा खेलाडी खरिद गरेका युवा नेता यादवले बताएका छन् ।

नगरक्षेत्रमा रहेका क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसायी एवं गुणस्तरिय खेलाडी उत्पादनको लागी हाम्रो टिमले जीपीएलको शुरुवात गरेको युवा नेता यादवले बताए ।
प्रतियोगितामा सहभागी गौरका ९ वटै वडाका टिमको लोगो र जर्सि सार्वजनिक गरिएको छ ।जीपीएलमा सहभागी हुने हरेक टिमका ११ जना खेलाडीलाई म्याच पारिश्रमिक समेत उपलब्ध गराईने व्यवस्था गरिएको (जिपिएल) फाउन्डेसनका संयोजक गौतम श्रेष्ठले बताएका छन् ।

प्रतियोगितामा क्रिकेट एशोसियसन अफ नेपालबाट मान्यता प्राप्त एम्पायर तथा स्कोररलाई प्रयोग गरिने समेत उनले बताए । प्रतियोगिता अवधीभरीमा खेलाडीहरु अनुशासित रहन आग्रह गर्दै यदी कुनै खेलाडी खेलभावना विरुद्ध कुनैपनि कार्य गरेमा सम्पूर्ण म्याच फि काटिने समेत स्पष्ट श्रेष्ठले बताए ।

प्रतियोगिताका प्रत्येक म्यान अफ दि म्याच खेलाडीलाई नगद १ हजार १ सय नगद पुरस्कारको व्यवस्थापन गरिएको छ । क्यानको नीयमकानुनलाई अंगिकार गर्दै गौरीशंकर यादव प्रिमियर लिग (जीपीएल) संचालनको आवश्यक सबै तयारीहरु पूरा भई आज उद्घाटन म्याच खेल्ने फाउण्डेशनका अध्यक्ष मोहन यादवले बताए । गौर नगरपालिकामा रहेका ९ वटा वडाका टिमहरु समावेश भएको र ११ दिन सम्म जीपीएल अन्तर्गत १९ वटा म्याच हुने प्रतिष्ठानका अध्यक्ष मोहन यादवले जानकारी दिए ।

प्रतिक्रिया





Top