चिसो बढेपछि ‘सबैला नगरपालिका’का विद्यालयहरु एक साताको लागि बन्द रहने निर्णय

न्यूज डेस्क     २०८१ पुष २४, बुधबार २१:३० बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकाभित्रका विद्यालयहरु एक हप्ताको लागि बन्द गरिएको हाे ।

मधेशमा चिसो बढेपछि बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै जाडो विदा दिइएको हो । सबैला नगरपालिकाले जारी गरेको सूचनामा पुस २४ गतेदेखि माघ ०२ गतेसम्म नगरभित्रका समुदायिक तथा परम्परागत (मदरसा ) विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ ।

शितलहर बढेपछि बालबालिकाहरुलाई विद्यालय जान कठिन हुने तथा स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै विद्यालय एक साताको लागि विदा गर्ने निर्णय भएको बताए ।

सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महताे अनुसार अत्यधिक चिसो बढेपछि नगरभित्रका सामुदायिक विद्यालयहरु बन्द गरिएको हो । पुस २४ गतेदेखि माघ २ गतेसम्म विद्यालय बन्द लागि शिक्षा समिति सबैलाले सबै विद्यालयका प्रमुखहरुलाई पत्राचार गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया





Top