धनुषा : पेस्तोलसहित दुई जना एक भारतीय पक्राउ !

न्यूज डेस्क     २०८१ माघ ५, शनिबार २१:२१ बजे मा प्रकासित


जनकपुरधाम । सशस्त्र प्रहरी बल धनुषाले चेकजाँच क्रममा हातहतियार सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय सिमावर्ती मधुवनी जिल्ला ग्राम पञ्चाय सिलानाथ बरही घर भएका अन्दाजी २१ वर्षिय रुपेशकुमार यादव र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका सितानगरका २४ वर्षिय तेजकुमार महतो रहेका छन् ।

सशस्त्र प्रहरीले चेकजाँचको क्रममा भारतीय सिमाना धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ बाट १ थान पेस्तोल १ थान म्यागजीन र सोमा प्रयोग हुने १ थान गोली सहित एक भारतीय र एक नेपाली युवालाई गिरफ्तार गरेको हो ।

BR 32 AW नम्बरको मोटर साईकल सहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरीक्षक दर्शन गीरिले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनाको साथबाट केही नगद र नशालु पदार्थ समेत पाईएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया





Top