धनुषा : पोखरीमा पुरुषको शव फेला

न्यूज डेस्क     २०८१ माघ ९, बुधबार १३:२१ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ । दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा शव तैरिरहेको अवस्थामा देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयले पोखरिमा शव तैरिरहेको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार शवको पहिचान तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानपछि शवलाई परीक्षणका लागि पठाउने प्रहरीे जनाएको छ ।

प्रतिक्रिया





Top