जनकपुरधाम । धनुषाका अभिनास झा समाजिक सँजालमा चर्चामा रहँदै आएका उर्फ कलकतिया बालीले बिहे गरेका छन् । महिलाको अभिनय गर्दै आएका अभिनास झाको कलाकारिता प्रायः सबैलाई मन पराएको कला हो ।
सोही कलाको कारण चिनिएका अभिनास झा गत माघ १४ गते विधिवत रुपमा जिल्ला अदालत धनुषामा बिहे गरेका छन् । झासँगै काम गर्ने अन्सा सदासँग उनले कानुनी विवाह गरेका हुन् । अन्सा सदासँग कानुनी विवाह गरेपछि विभिन्न टिकाटिप्पणीको सामना गर्नुपरेको व्यवथा कलाकार झाले सुनाए । उनले जातकै कारण आफूलाई विभिन्न समाजिक सँजाल मार्फत ट्रोल गरेको दुःखेसो पोखे ।
बर्षौदेखि कलाकारिता क्षेत्रमा रम्दै आएका अविनास झा आफ्नो कलाले चिनिएका कलाकार हुन् । २०६७ सालदेखि नै कलाकारिता क्षेत्रमा कार्य गर्दै आएका उनी रेडियो नाटकबाट आफ्नो करियरको सुरुवात गरेका थिए ।
पत्रकारसँग कुराकानी गर्दै भने कलकतियाबाली उर्फ अभिनास झाले जातिगत कारण उनकै केही अडियन्सहरुले लक्षित गरी ट्रोल गरेकोप्रति दुःख प्रकट गरे । उनले भने, –“म कुनै जातलाई हेरेर उनलाई अपनाएको छैन वा विवाह गरेको छैन, कानुनी रुपमा अदालतमै विवाह गरेको छु । अन्साको के जात हो मलाई कुनै मतलब छैन, उसको कलाकारितासँग मैले बिहे गरेको छु । उसमा कला छ, सँगै काम गरेकी छिन्, त्यसैले उनीसँग बिहे गरेको छु । कलाकारितामा जातपात हुँदैन । यसरी समाजिक सँजालमा भिडियो बनाएर ट्रोल गर्नु उचित होईन् ।”
समाजिक सँजालहरुको आगमनसँगै उनले नयाँ प्लेटफर्म पाउन सफल भए । अहिले उनको युटुब च्यानल, फेसबुकमा समेत उनको कमेडी भिडियोहरु मन पराउनको सँख्या अधिक छ । उनी आफ्नो काममा विश्वास गर्ने कलाकार हुन् ।
तराई मधेश क्षेत्रसहि भारतको बिहार समेत आफ्नो पहिचान बनाएका अभिसना झा र अन्सा सदालाई वैवाहिक जीवनको कामना गर्दछौँ ।
प्रतिक्रिया