भारतको महाकुम्भमा आगलागी

न्यूज डेस्क     २०८१ माघ १७, बिहीबार २०:२५ बजे मा प्रकासित


भारत, उत्तर प्रदेशको महाकुम्भ मेलामा फेरि आगलागीको घटना भएको छ। सेक्टर–२२ मा लागेको आगोले केही मिनेटमै १५ वटा पाल जलेर खरानी बनाएका छन् ।

दमकलको द्रुत कार्यवाहीका कारण आगो समयमै नियन्त्रणमा आएको र कुनै ठूलो क्षति नभएको जनाइएको छ ।

प्रशासनले आगलागीको कारणको अनुसन्धान सुरु गरेको छ र श्रद्धालु भक्तजनलाई शान्ति कायम गर्न अपिल गरेको छ। यो महाकुम्भमा आगलागीको दोस्रो घटना हो ।

माघ १९ गते सेक्टर–१९ मा आगलागीका कारण १८ वटा शिविर जलेका थिए। प्रशासनले आगलागीको घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रतिक्रिया





Top