जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।माघ १९ र २० गतेका लागि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेबाट बैठक बस्नेछ ।
जसपा नेपालको अध्यक्ष उपेन्द्र यादवले बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक बिषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे छलफल गर्ने जनाएका छन् । उनले करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समीक्षा हुने जनाइएको छ ।
रिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारीअनुसार आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन अध्यक्ष यादवको निर्देशनमा भनिएको छ ।
प्रतिक्रिया