६ महिनामा कति सडक बन्यो देशभर

न्यूज डेस्क     २०८१ माघ २५, शुक्रबार १३:०४ बजे मा प्रकासित


जनकपुरधाम । सरकारले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्माण भएको सडक, पुल पुलेसा तथा भवनहरूको विवरण सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै ५ महिनामा गरिएको कामको विवरण खुलाएका हुन् ।

६ महिनाको अवधिमा ९२।५२ किलोमिटर सडकमा कालोपत्र तथा ढलान नै गरेर स्तरोन्नति भएको जनाइको छ ।
७७।८६ किलोमिटर सडक ग्राभेल गरेर स्तरोन्नति गरिएको उल्लेख गरिएको छ ।

साउनदेखि पुस महिनाको अवधिमा ३६ वटा स्थानीय तहका प्रशासकीय भवन निर्माण गरिएको छ। त्यस्तै, सात वटा स्वास्थ्य भवन निर्माण गरिएको उल्लेख छ ।

पछिल्लो ६ महिनामा चार वटा सडक पुल र १२४ वटा झोलुंगे पुलको पनि निर्माण सकिएको उल्लेख छ ।

प्रतिक्रिया





Top