जानकी मन्दिरमा फेरि बढ्न थाले टिकटकरको भीडभाड

न्यूज डेस्क     २०८१ माघ २६, शनिबार ०७:११ बजे मा प्रकासित


जनकपुरधाम । टिकटक बन्द भएपछि जानकी हिन्दुहरुको धार्मिक आस्थाको केन्द्र जानकी मन्दिरमा टिकटकरहरु भेट्न कठिन भएको थियो तर अहिले केही दिन देखि फेरि टिकटकरहरु यहाँ जुरमुराउन थालेका छन् ।

हिन्दुहरुको आस्थाको केन्द्रमा आएर पूजापाठ गर्नुको साटो शरीर देखिने र भल्गर भिडियो बनाएर आफ्नो फलोवर र लाइक कमेन्टकालागि यस्ता यस्ता भिडियोहरु बनाउनेहरु दिनप्रतिदिन बढ्दै गएको छ । हिन्दु धर्म संस्कृति विपरीत यस्ता यस्ता भिडियो बनाउनेहरुमाथि नत यहाँका प्रहरी प्रशासनको नजर पुग्न सकेको छ नत यता मन्दिर प्रसाशनलेनै कुनै चासो लिएका छन् ।

जानकी मन्दिर, विवाह मण्डप लगायतका स्थानमा अस्लिल भिडियो बनाउनेहरुलाई केही दिन पहिला यहाँका युवाहरुले रामधुलाई गरेपछि उनीहरु भिडियो बनाउन बन्द गरेका थिए । तर, धार्मिक पर्यटकको रुपमा आउने र यहाँ शरीर देखिने गरि बनाइएको भिडियोले हिन्दु धार्मिक आस्थामाथिनै ठेस पुर्याउने काम भएको देखिन्छ ।

जानकी मन्दिरमा महन्त बन्नकालागि मरिहत्ते गर्नेहरुले मन्दिरको व्यवस्थापन र मन्दिरको हेर चाह गर्न तिर ध्यान दिन नसकेको स्थानीयबासीहरुको भनाई छ । युवा नेता नवीन यादव भन्छन्–‘जानकी मन्दिरमा के भयो के भएन यसको हर हिसाव बाहिरको मान्छेले त राख्दैन, मन्दिरको महन्त बन्नकालागि मरिहत्ते गर्ने अनि मन्दिरमा के भयो के भएन यसको हरहिसाव कस्ले राख्ने ?’ मन्दिरलाई मामा भान्जाले बर्बाद तुल्याउन लागेको उनको आरोप छ ।

हिन्दु धर्म संस्कृति प्रति पटक पटक प्रहार हुँदा पनि मन्दिर व्यवस्थापनले कुनै चासो नलिएको यहाँका युवा नेताहरुको भनाई छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष दीपेन्द्र साहले जानकी मन्दिरको बार्षिक आम्दानी कम्तिमा २० करोड रहेको दावी गर्दै मन्दिर व्यवस्थापनको आवस्यकता रहेको बताउँछन् । उनी भन्छन्–‘मन्दिर व्यवस्थापन गर्न बाबाहरु असमर्थ छन् भने पालिकालाई जिम्मा लगाइ दिँदा हुन्छ । कहिले सम्म प्रदेश सरकार र पालिकाको भरमा चल्ने हो ?’ वडाध्यक्ष साहले पाँच दश करोड बार्षिक पालिकालेनै बेहोर्ने छन् र आफ्नो स्वीपर तथा सुरक्षाकर्मी राखेर जानकी मन्दिरमा यस्ता यस्ता अस्लिल हर्कत गर्नेहरुमाथि बन्देज लगाउने बताउँछन् ।

हिन्दु धर्म बाहेक अन्य कुनै धर्म संस्कृति संग जोडिएको ठाउँमा यस्ता यस्ता भिडियो बनायो भने त्यहाँनै रामधुलाई हुने बताउँदै यहाँका युवाहरु आफूहरु अब बाबाहरुको भरमा नबस्ने बताउँछन् । उनीहरु जानकी मन्दिरमा यस्ता क्रियाकलाप गर्नेमाथि कारवाही अगाडि बढाउने योजना बनाइ रहेको बताउँछन् ।

प्रतिक्रिया





Top