जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि २५ कि मि रहेको धनुषाको सबैला नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष ई. सरोज कु यादव शिक्षा सुधार तथा शिक्षक पूर्तिको माग गर्दै वडाध्यक्ष यादवको नेतृत्वमा सोमबार केही विद्यार्थीलाई ट्याक्टरमा राखेर समस्या सुनाउन नगरपालिकामा ल्याइए पनि कुनै सुनवाई नभएपछि उनीहरूलाई घर फर्काई वडाध्यक्ष नगरपालिकामै धर्ना बस्न बाध्य भएको बताए ।
शिक्षाको अभावका कारण विद्यार्थीहरूको भविष्य अलमल बन्दै तत्काल शिक्षक उपलब्ध गराउन वडा अध्यक्ष यादवको पटकपटक मांग रहेको सुनाए । उनले यस्तो पनि दोहोर्याए नेताको छोरा छोरी सहरको ठुलो विद्यालयमा पढ्छन गरिबकाे छाेरा छाैरी गाउको सरकारीमा पढ्न पनि अप्ठ्यारो भइरहेको हाे ।
झुल टांगेर नगरपालिका अगाडिमा रात बिताउन बाध्य भएका छन् ।फेसबुक लाइभमार्फत वडाध्यक्ष यादवले चेतावनी दिँदै भने, “यदि शिक्षक उपलब्ध नगराइए, हामी नगरपालिकामा अनिश्चितकालीन धर्नामा बस्नेछौं। अहिले हामी वडा कार्यालय तथा विद्यालय बन्द गरेर यहाँ आएका छौं। हामी यहाँबाट शिक्षक लिएर मात्रै फर्किनेछौं बताए ।”
वडा अध्यक्ष यादवले भने वडा नम्बर ११ मा आठ कक्षासम्म पठनपाठन भए पनि त्यहाँ शिक्षक केवल तीन जना मात्र रहेका छन्, जसका कारण विद्यार्थीहरूको अध्ययन प्रभावित भइरहेको बताए। साथै वार्डमा कम्प्युटर अपरेटरको अभावले पनि वडा बासिन्दालाई सेवा लिन कठिनाइ भइरहेको छ।
यो समस्या केवल वडा नम्बर ११ मा सीमित नभई, सबैला नगरपालिकाका अन्य विद्यालयहरूमा पनि समान रूपमा देखिएको छ। वडाध्यक्ष यादवले पटक–पटक कार्यपालिका बैठकमा शिक्षक पूर्तिको विषय उठाए पनि कुनै सुनवाई नभएको गुनासो गरे। बाध्य भएर हामी नगरपालिकामै रात बिताउनुपर्यो”–उनले तर्क राखेँ ।
शिक्षा प्रणालीको सुधारका लागि वडाध्यक्ष यादवको नेतृत्वमा भइरहेको यो आन्दोलनले सबैला नगरपालिकाका अन्य वडाहरूमा पनि असर पार्ने देखिएको छ। स्थानीय तहले यस विषयमा तत्काल पहल नगरे शिक्षाको अवस्था झन् जटिल हुने देखिन्छ ।
प्रतिक्रिया