जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाभित्रका किशोरीहरुलाई एचपिभी खोप लगाईने सुरु भएको छ ।
सबैला नगरपालिकाले अभियानको दोस्रो चरणमा परेकोले माघ १ गते बुधबारदेखि फागुन ८ गतेसम्म १० बर्षदेखि १४ बर्षसम्मका किशोरीहरुलाई खोप लगाइने भएको छ ।
विद्यालय जानेहरुमा कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरु र विद्यालय नजानेमा उमेर अनुसार १० देखि १४ बर्षकी किशोरीहरुलाई खोप लगाइने प्राथमिक स्वास्थ्य केन्द्र सबैला शाखा प्रमुख संजय मण्डलले जानकारी दिए ।
खोप स्वास्थ्यचौकी, खोपकेन्द्रसहित स्कूलमा समेत लगाइने मण्डलले जानकारी दिए । सबैला नगरपालिकाको १३ वटै वडाका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपिभी खोप लगाइने जानकारी दिए ।
किशोरीहरुलाई स्कूलमै लगाउने तथा विद्यालय नजाने किशोरीहरुलाई नजिकको स्वास्थ्य केन्द्र, खोपकेन्द्रमा लिएर अनिवार्य जान अभिभावकहरुसँग आग्रह गरे ।
प्रतिक्रिया