जनयुद्ध दिवस अवसरमा ‘सबैला नगरपालिका’ले फागुन १ गते सार्वजनिक विदा

न्यूज डेस्क     २०८१ फाल्गुन १, बिहीबार ०७:१९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले बुधबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो ।

पालिकाको निर्णयअनुसार मिति २०८१ फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा यस धनुषाकाे सबैला नगरपालिका कार्यालय तथा मातहतका सबै सरकारी कार्यालय, संघ-संस्था तथा शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सबैला नगरपालिकाका मेयर कारीरामा यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया





Top