जनकपुर : अबैध होस्पिटल संचालन गर्ने रामभरोषी प्रहरीको नियन्त्रणमा

न्यूज डेस्क     २०८१ फाल्गुन १, बिहीबार २१:१६ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट अबैध अस्पताल संचालन गरेको आरोपमा एक जना अस्पताल संचालक पक्राउ परेका छन ।

जनकपुरधामको भ्रमरपुराचोकमा रहेका जनकपुर मोडर्न अस्पताल संचालन गर्दै आएका रामभरोषी महतोलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

विना दर्ता अस्पताल संचालन गर्दै रोगीहरुलाई ठग्दै आएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अनुगमन टोलीमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी पनि थिए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन टोलीले मोडर्न हस्पिटलका सञ्चालकलाई प्रहरीको जिम्मा लगाएको जानकारी दिँदै अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिए ।

मुख्यमन्त्री सतिश कुमार सिंहले अनुगमनको क्रममा दर्ता नरहेको अस्पतालहरुलाई मापदण्ड पुरा गरि दर्ता नगराए सम्म संचालनमा नल्याउन निर्देशन दिदै साँचो हस्तानतरण गर्न भनेका थिए । तर नियम मानेनन् आज साँझ पाँच बजे प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया





Top