जनकपुरधाम । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८२ वैशाख ११ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।
आगामी वैशाख ११ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २४ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
प्रतिक्रिया