रिंकु सदालाई न्याय दिलाउन घरमा पुगे, सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता 

न्यूज डेस्क     २०८१ फाल्गुन १७, शनिबार १४:३७ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिंकुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिंकुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन्। जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुगेका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरू आज दिवङ्गत रिंकुको घरमा पुगेका हुन् ।

 

आफ्नो पार्टीले रिंकुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएका अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

 

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।

प्रतिक्रिया





Top