सिरहा ः प्रेम सम्बन्धमा रहेकी विवाहित महिलाको उजुरी, एक प्रहरी जवान पक्राउ

न्यूज डेस्क     २०८१ फाल्गुन १८, आईतवार २२:५० बजे मा प्रकासित


सिरहा । सिराहामा प्रेम सम्बन्धमा रहेकी विवाहित महिलाको उजुरी पछि एक प्रहरी जवान पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि प्रहरी जवान यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’

उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थिए ।

उनले ती महिलालाई ‘डिभोर्स’ गर्न लगाएर पछि विवाह गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ । ती महिलालाई प्रहरी जवान यादवले लहानमा कोठा भाडामा लिएर राख्दै आएका थिए । अहिले उनलाई कोठाबाट समेत निकालिएको स्रोतले जनाएको छ । त्यसपछि महिलाले जबरजस्ती करणीको उजुरी दिएकी हुन् ।

प्रतिक्रिया





Top