गोदामबाट ८० बोरा लागुऔषध गाँजा बरामद

न्यूज डेस्क     २०८१ फाल्गुन १९, सोमबार १५:०१ बजे मा प्रकासित


सप्तरी । सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागुऔषध गाँजा बरामद गरेको छ। राजविराज नगरपालिका–९ मा रहेको उक्त गोदाममा विशेष सूचनाका आधारमा सुरक्षा टोलीले छापा मारेको थियो ।

राजविराज ९ मलेठ्स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरबाट सामन बरामद भएको हो ।
घरमा लगाइएको ताला प्रहरीले तोडेपछि ठूलो मात्रामा गाँजा बरामद भएको छ । साथै स्याउ, चिनी, सुर्तीसहितका ठूलो मात्रामा सामान बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख डकेन्द्र खतिवडाका अनुसार, प्रमुख जिल्ला अधिकारी ९सीडीओ० भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेपछि ८० बोरा गाँजा बरामद गरिएको हो। हाल गोदाममा खोजतलास कार्य जारी रहेको उनले जानकारी दिए।प्रहरीका अनुसार, उक्त गोदाममा कपडा, हार्डवेयर सामग्री तथा स्याउसमेत राखिएको छ। तर, गोदाम कसको हो भन्नेबारे अझै खुल्न सकेको छैन।

बरामद गरिएको गाँजाको नापतौल गर्ने काम भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरी प्रमुख खतिवडाले बताए।

प्रतिक्रिया





Top