बालेनको पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने: सबै मिलेर यो देश बनाउन आग्रह गरे

न्यूज डेस्क     २०८१ फाल्गुन २२, बिहीबार १३:५५ बजे मा प्रकासित


जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको पुर्ख्यौली घरमा पुगेका छन् ।

बिहीबार बिहान प्रचण्डसहितका माओवादी नेता महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर शाहको घरमा पुगेका हुन् ।

मेयर शाहको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ। शाहको घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ। जुन घर पालिकाले भाडामा लिएर कार्यालय संचालन गरेको हो ।

त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरे। त्यसक्रममा उनले स्थानीयसँग अन्तक्रियासमेत गरेका थिए। ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ । बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’

प्रतिक्रिया





Top