काठमाडौं । विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाकाे सबैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका छन् ।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनलाई दुई दिनअघि सप्तकोशी नगरपालिका-२ स्थित गौवर्द्धन बैरागी जनता माविबाट पक्राउ गरिएको हो ।
उनले सोही दिन बिहान ८ बजे १६ वर्षीया नाबालिका ‘कञ्चनपुर २०८१/८२’लाई बाल यौन दुरुपयोग गरेको उजुरी परेको थियो ।
राउत सो विद्यालयमा कम्युटर शिक्षक हुन्। उनले बालिकामाथि यौन दुरुपयोग गरेको जानकारी पाएपछि पक्राउ गर्न इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली विद्यालयमा पुगेको थियो ।
‘यौन दुरुपयोग गरेको भनी सम्बन्धित बालिकाले नै प्रहरीलाई जानकारी गराएकी छिन्,’ प्रहरी उपरीक्षक खतिवडाले भने, ‘हिरासतमा राखेर अहिले अनुसन्धान थालिएको छ।’ न्युजकारखाना








प्रतिक्रिया