जनकपुर : राराब स्वीयू चुनावमा विद्यार्थीहरुको नजरमा नेता ‘अजय पण्डित

न्यूज डेस्क     २०८१ फाल्गुन २३, शुक्रबार ०६:५४ बजे मा प्रकासित


जनकपुरधाम । आगामी चैत्त ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा जनकपुरको राराब क्याम्पसमा विद्यार्थी नेतामा अजय पण्डित विद्यार्थीहरुको पहिलो रोजाई बनेका छन् ।

२०८० मा भएको स्वीयू चुनावपछि राराब क्याम्पसमा एकाएक उदाएका विद्यार्थी नेता अजय पण्डित अहिले राराब पढने विद्यार्थीहरुको आस्थाको रुपमा उभिएका छन् ।

विद्यार्थीहरुको समस्यालाई लिएर दिनरात कलेज चहार्ने अजय पण्डितलाई विद्यार्थीहरुले प्राथमिकतमा राखेका छन् । राराब कलेजमा विभिन्न राजनीतिक पार्टीबाट चुनाव लडने विद्यार्थी नेताहरु भएपनि अजय पण्डित एक इमोशनको रुपमा उभिएका छन् । उनलाई पार्टीभन्दा पनि व्यक्तिगत रुपमा विद्यार्थीहरुको चहेता उम्मेदवारको रुपमा स्थापित हुन सफल भएका छन् ।

राराब कलेजमा पढने विद्यार्थीहरु पनि जातपातको राजनीतिमा सक्रिय रहेको बेला अजय पण्डित जातपातभन्दा पनि व्यक्तिगत विचारको रुपमा उभिएका छन् । ५ गते हुने चुनावमा अजय पण्डित अन्य उम्मेदवारभन्दा अब्बल एकल उम्मेदवार देखिएका छन् । उनी लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) का नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया





Top