मधेश प्रदेश : शिक्षा तथा सँस्कृति मन्त्रालयमा परिवारवाद हावी, कमिशनमा योजना बेच्दै !

न्यूज डेस्क     २०८१ फाल्गुन २५, आईतवार २३:२३ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको शिक्षा तथा सँस्कृति मन्त्री रानी कुमारी तिवारी (शर्मा)ले आफन्त लगाएर योजना विक्री वितरण गरेको आरोप लगाईएको छ ।

मधेश प्रदेशको विभिन्न मन्त्रालयमा आफन्तहरुलाई राखेर योजना विक्री भएको समाचार विभिन्न सँचारमाध्यममा आईरहँदा शिक्षा तथा सँस्कृति मन्त्री रानी तिवारीले श्रीमान र बहिनीलाई खटाएर योजना विक्री गर्न सक्रिय भएको बताईएको छ ।

शिक्षा तथा सँस्कृति मन्त्रालय अन्तर्गत चालु आर्थिक बर्षको लागि सूचिकृत भएको योजनाहरुमा मन्त्री तिवारीका श्रीमान समरेन्द्र शर्मा र बहिनी उपासना तिवारीले अड्डा जमाएर योजना विक्री वितरण गरेको आरोप लगाईएको छ ।

मन्त्रालयमा कार्यरत एक कर्मचारीले नाम नखोल्ने शर्तमा मन्त्री तिवारीका आफन्तले नै योजना कसलाई दिने र कति कमिशन लिने निर्णय लिने गरेको सुनाए । उनले मन्त्री तिवारीको ईसारामा योजना विक्री वितरण प्रतिशतको आधारमा भईरहेको बताए ।

शिक्षा क्षेत्रको लागि तयार पारिएको विभिन्न योजनाहरुलाई सूचि बनाई कमिशनको आधारमा विक्री वितरण भईरहेको आरोप लगाईएको छ ।

यस सन्दर्भमा मन्त्री तिवारीसँग कुराकानी गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् । – न्यूज ब्यूरो

प्रतिक्रिया





Top