‘राजावादी प्रदर्शन’मा लागेको राप्रपालाई बालेनको १ लाख जरिवाना !

न्यूज डेस्क     २०८१ फाल्गुन २६, सोमबार ०७:३० बजे मा प्रकासित


काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगरपालिका क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै जरिवानाको पत्र काटेको हो ।

वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।यसअघि बालेन शाहले नेकपा एमालेलाई पनि वातावरण प्रदूषण गरेको भन्दै जरिवानाको पत्र काटेको थियो ।

प्रतिक्रिया





Top