पर्सा । पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका हुन् ।
आत्मदाहको प्रयास गर्नेमा बाराको पचरौता नगरपालिका-४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साह रहेका छन् ।
उनले मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका हुन् ।आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।तर तत्काल प्रहरीले उनको उद्धार गरी नारायणी अस्पताल पुर्याएको थियो ।








प्रतिक्रिया