सुर्खेत । राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा। धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा राख्ने बताएका छन् ।
राप्रपाले सोमबार सुर्खेतमा आयोजना गरेको मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताले राजालाई विमानस्थलबाट निर्मल निवास पुर्याएपछि गणतन्त्रवादीको मुटु हल्लिएको बताए ।
‘राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरुको मुटु हल्लिएको छ । अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय छैन,’ उनले भने ।
चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे ।
प्रतिक्रिया