नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण गर्न जनमतले कार्यदल गठन

न्यूज डेस्क     २०८१ फाल्गुन २६, सोमबार २१:२१ बजे मा प्रकासित


जनकपुरधाम । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी लगायतसँग एकीकरण गर्न कार्यदल गठन गरेको छ ।

महोत्तरीको बर्दिवासमा आइतबार र सोमबार बसेको केन्द्रीय समितिको बैठकले कार्यदल गठन गरेको हो ।

‘नागरिक उन्मुक्ति पार्टीसहितका विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग एकीकरण गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ,’ बैठकपछि पार्टी केन्द्रीय प्रवक्ता डा। शरदसिंह यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यदलमा प्रतिनिधिसभाका सदस्य अब्दुल खान, प्रवक्ता डा। शरदसिंह यादव र बालगोविन्द चौधरी छन् ।

पछिल्लो केही समयदेखि जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको लागि प्रयास भइरहेको छ । यसक्रममा दुवै पार्टीका शीर्ष नेताहरूले पटकपटक छलफल गरिसकेका छन् ।

प्रतिक्रिया





Top