वीरगञ्ज । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको सुन तथा हिराको गरगहना बरामद गरेको छ।
फागुन २४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, भन्सार मेनगेट नजिकै सवारी साधन जाँच गर्ने क्रममा उक्त गरगहना बरामद गरिएको हो २६ गते परीक्षणका लागि सुनचाँदी व्यवसायी संघ, पर्सामा पठाइएपछि ती सामग्रीहरू सुन र हिराका भएको प्रमाणित भएको थियो ।
९७०.३७ रत्तिका हिरा – रु. ३६,१५,०८७, ९२४६.७३ ग्राम सुन – रु. २२,५१,८४०, कुल मूल्य – रु. ५८,६६,९२७ बरामद गरगहना वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ ।
श्रोतका अनुसार, यो गरगहना वीरगञ्जका कुख्यात सुन तस्कर राजु दारुका को भएको बताइएको छ। करिब एक महिनाअघि राजु दारुका को एक करोडभन्दा बढीको हिराका गहना सिन्धुलीमा पक्राउ परेका थिए। उनले अन्तर्राष्ट्रिय तस्करीमा संलग्न रहेको श्रोतको दाबी छ।
फेन्सी ब्रासलेट – ९ पिस, औँठी – ४ पिस, मगलसूत्र – ४ पिस, विभिन्न किसिमका गहना – ११ पिस, लकेट – ४ पिस, झुम्का – १३ पिस, टप – ६ जोर रहेको छ ।
उनी २०७५ असार १२ गते ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका थीए प्रहरीका अनुसार उनलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरिएको थियो ।
प्रतिक्रिया