मालपोतमा ३५ हजार घुससहित दुईजना रंगे हात पक्राउ

न्यूज डेस्क     २०८१ फाल्गुन २७, मंगलवार २१:४७ बजे मा प्रकासित


महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ हजार रुपैयाँ घुससहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत खरदार र लेखापढी व्यवसायी गरि दुई जनालाई सो रकमसहित नियन्त्रणमा लिएको छ ।

कार्यालय स्रोतका अनुसार पक्राउ पर्नेमा खरदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो रहेका छन्। उनीहरूले कार्यालय परिसरभित्र सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको हाे ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया





Top