मधेश प्रदेशका गृहमन्त्रीको पीएसओ यादवको मृत्यु

न्यूज डेस्क     २०८१ फाल्गुन २८, बुधबार ०६:५९ बजे मा प्रकासित


जनकपुरधाम । मधेश सरकारका गृह, संचार र कानुन मन्त्री राजकुमार लेखीका सुरक्षा व्यवस्थामा कार्यरत प्रहरी सहायक निरीक्षक बिरेन्द्रकुमार यादवको मृत्यु भएको छ । आइतबार राति ११ बजेको समयमा अचानक पेट र छातीमा दुखाइ भएपछि यादवलाई स्थानीय अस्पतालमा पुर्‍याइएको थियो ।

त्यसपछि थप उपचारको लागि उनलाई नोवेल अस्पताल विराटनगर लैजानु परेको थियो, जहाँ उपचारको क्रममा राति १२ बजे उनको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए अनुसार, राति पेट र छातीमा दुखाइ सुरु भएपछि उनलाई स्थानीय अस्पतालमा लगिएको थियो र पछि विराटनगरको नोवेल अस्पतालमा थप उपचार गर्दा राति १२ बजे मृत्यु भएको जानकारी दिइएको हो ।

सिरहाको सिरहा नगरपालिका २५ सुखचैना घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

प्रतिक्रिया





Top