जनकपुरधाम । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले सो कुरा बताएका हुन् ।
उनले नेपाली कांग्रेस, नेकपा एमालेका नेताबाट नै लोकतन्त्रलाई खतरा रहेको बताए। उनले राजावादी देखाएर कांग्रेस र एमालेले देश लुटिरहेको आरोप लगाए ।
सांसद सिंहले भने,‘नेपाली जनता लोकतन्त्रप्रेमी रहन्छ, लोकतन्त्रप्रेमी रहन्छ। लोकतन्त्रको नाउँमा नेतातन्त्र जुन चलिरहेछ, त्यसको विरूद्ध आवाज उठाउँछन्। नेपालमा आजको दिनमा लोकतन्त्र छैन, नेतातन्त्र छ। नेताहरूको संरक्षणमा सम्पूर्ण बिचौलिया र भ्रष्टाचारीहरू संरक्षित छन् ।’
त्रिभुवन विश्वविद्यालयमा राजावादीले गएर रेक्टरको कुर्सी तोडेका हुन् कि, कांग्रेस-एमालेका कार्यकर्ताले भन्दै उनले प्रश्न गरे ।
जनताले कुलमानलाई दुःख दिने, त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा गर्ने? ललिता निवासको जग्गा कब्जा गर्ने? भनेर सोधिरहेको पनि उनले बताए ।
प्रतिक्रिया