होली खेल्ने क्रममा एक युवकमाथि छुरा प्रहार , उपचारक्रममा मृत्यु

न्यूज डेस्क     २०८१ चैत्र २, शनिबार २२:४३ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा होली खेल्ने क्रममा छुरी प्रहारबाट १९ वर्षीय युवकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीमा छुरी प्रहारबाट स्थानीय पप्पु यादवका छोरा १९ वर्षीय आँशु यादवको मृत्यु भएको हो ।

आँशुमाथि छुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरेको छ ।सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भयो।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले छुरी हान्ने धर्मेन्द्रलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रतिक्रिया





Top