प्रहरीमाथि ढुँगामुढा गरेपछि मलद्धारमा प्रहरीको गोली लागेर सँताेष घाइते, हेलिकप्टरबाट काठमान्डौँ लग्यो

न्यूज डेस्क     २०८१ चैत्र ४, सोमबार २१:२५ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनमा जातको नामले बोर्ड लगाउन भएको विवादमा एक युवक पिसिलिएका छन् ।

जातको राजनीतिको जँजीरमा फँसेर एक युवकले जीवन र मृत्यूसँग लडिरहेका छन् । जातीय चोक बनाउने विषयमा उत्पन्न विवादको क्रममा प्रहरीमाथि ढुँगामुढा गरेपछि प्रहरीले चलाएको गोली लागेर घाईते भएका सँतोष यादवलाई काठमान्डौँ रिफर गरिएको छ ।

शहीदनगर नगरपालिका वडा नम्बर १ कुम्भकर्णका संतोष यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ रिफर गरिएको हो।

विवाद सबैला नगरपालिकामा भएपनि उनी शहिदनगर नगरपालिकाबाट जातको हिसाबले ढुँगामुढा गर्न गएको प्रहरीले जनाएको छ । जातीय झगडा भएको भन्दै उनी अर्को गाउँबाट ढुँगामुढा गर्न गएपछि प्रहरीले गोली चलाउँदा मलद्धारमै गोली लागेको हो । उनी सख्त घाईते भएका छन् ।न्युज ब्युरो

प्रतिक्रिया





Top