बारा । एलईडी टिभी र पैसा चोरी गर्ने एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसबरीया टोल बस्ने २१ वर्षीय अनिरुद्ध साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।
उनको साथबाट दुई लाख ३० हजार रुपैयाँ र अभियान कम्पनीको एलईडी टिभी एक थान बरामद भएको प्रनाउ पण्डितले बताए।
फाल्गुन २९ गते बेलुका जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर ५ घुसुकपुर स्थितमा अविनाश यादवको डेराकोठाबाट रकम र सामान चोरी भएको थियो।
सो कुराको जानकारी पश्चात बारा प्रहरीले अनुसन्धान गर्दै जाँदा साहलाई पक्राउ गरिएको हो।
उनलाई पक्राउ गरी अनुसन्धानको लागि चोरी सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ७ (सात) दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया