मधेश प्रदेश : दुई वडा अध्यक्षबीचको झडप विवादले प्रहरी तनावमा

न्यूज डेस्क     २०८१ चैत्र १३, बुधबार ०६:११ बजे मा प्रकासित


वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका दुई वडा अध्यक्षबीच झडप भएको घटनाले जिल्ला प्रहरी कार्यालय, पर्सालाई तनावमा पारेको छ। फागुन २९ गते वीरगञ्जको पानीट्यांकीस्थित डायमन्ड पार्टी प्यालेसमा आयोजित होली मिलन समारोहमा वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी समुह र वडा नम्बर १० का वडाध्यक्ष शुसिल साह कानु समुह बीच विवाद भएपछि झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार घटनामा संलग्न दुबै पक्षले एकअर्काविरुद्ध मुद्दा दर्ता गरेका छन्। सोही कारण दुबै पक्षका समुह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी मिश्रका अनुसार पक्राउ पुर्जीको आधारमा दुबै पक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइनेछ ।

झडपको अनुसन्धानमा दुबै पक्षका आरोपहरूमाथि अध्ययन भइरहेको छ। अनुसन्धानपछि मात्रै ठोस निष्कर्ष आउनेछ, उनले भने ।

यो घटना पछि वीरगञ्जमा राजनीतिक र प्रशासनिक तहमा तरंग उत्पन्न भएको छ। घटना छानबिनको क्रममा रहेकाले थप अनुसन्धानपछि मात्रै दुबै पक्षको भूमिकाबारे स्पष्ट हुने देखिन्छ ।

प्रतिक्रिया





Top