विष्णुदेव सरदार,सिराहा । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ सिराहा शाखाको समन्वयमा सिराहा जिल्ला विभिन्न मिडियामा आवद्ध संचारकर्मीहरुलाई एकदिने पत्रकार अचारसंहिता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ ।
आजको कार्यक्रममा खासगरी पत्रकारले गर्न हुने काम र गर्न नहुने कामको बारेमा गहन रुपमा छलफल भएको छ। झुठा , भ्रमित , अस्लिलतापुर्ण, फेक सामाचार नलेख्न न सम्प्रेषण गर्न व्यक्ताहरु भनिएको छ ।
मधेसका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले राजतन्त्र फर्काउने अर्थात् प्रतिगमनको पक्षमा एक प्रतिशत जनता पनि नरहेको दाबी गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री राजकुमार लेखीले भने – राष्ट्रिय राजनीति, बजार र गाउँमा प्रतिगमनको कुरा जोडतोडले उठेपनि सम्भव नरहेको बताए । उनले जनतालाई रैती र दाश बनाएर दमन शोषण गरेका एउटा बंशलाई कसैले साथ नदिने दावी पनि गरे ।
उनले भने, ‘प्रतिगमन अर्थात् राजा बोक्ने राप्रपाको पक्षमा कति जनता र मतदाता छन् अनुमान गर्नुस् । एक प्रतिशतले पनि नपत्याएको राप्रपाले एउटा बंशका लागि बोकेको प्रतिगमनको एजेण्डामा कसले विश्वास गर्ने रु जुन बंशले नेपाली जनतालाई रैती र दाश बनाएर शोषण गर्यो, त्यो बंशलाई पुनर्स्थापित गर्न कसले चाहन्छ बरु मलाई लाग्दैन् ।’
‘राजावादीहरुले संघीयता, समावेशी, समानुपातिक प्रणालीविरुद्धमा बोल्छन्,’ मन्त्री लेखीले भने, ‘यही कार्यक्रममा ७०-८० जना छौं । के तपाईहरु संघीयता, समावेशी र समानुपातिक निर्वाचन प्रणालीको उपलब्धीविरुद्ध बोल्नुहुन्छ ? सायद बोल्नुहुन्न । यही उपलब्धीले तीन तहकै सरकारमा सबै समुदायका हजारौं हजार प्रतिनिधी छन् ।’
उनले वडामै निर्वाचित हुने पाँच जना जनप्रतिनिधी पनि समावेशी हुने गरेकाले वर्तमान व्यबस्था उल्टाउने प्रतिगमन कार्यको पक्षमा कोही नजाने उनको भनाई थियो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ सिराहाका निवर्तमान सभापति दिनेश्वर गुप्ताले भने मिडियामा पनि विभिन्न बाहानामा भ्रष्टाचार हुने गरेको पुष्टि गरेका छन् । सरकारले पत्रकारको रोजिरोटीका लागि के अहिलेसम्म के गरे? सरकार अनैतिक चरित्रका कारण अहिलेसम्म अधिकाँश पत्रकार विस्थापित हुने अवस्थामा पुगेको अवस्था छ।
उनले भने – पत्रकारको आर्थिक कुरा गर्ने हो – संचारकर्मीले अहिलेको परिपेक्षमा कर्मचारी मातहतका व्यक्तिलाई बिना घुस, कमिसन नदिई प्रमुख प्रशासकीय अधिकृत( हाकिम ) तथा लेखा , पालिकाअध्यक्ष काम लिन गाह्रो हुने गरेको बताउँछन् । खासगरी मधेश प्रदेशमा ठुलो विज्ञापन ठुलो मिडिया अर्थात् काठमाडौंको मिडियालाई मात्र १० लाख १५ लाखसम्मको विज्ञापन दिने गरेको र स्थानीय मिडियालाई प्राथमिकता नदिइएको बताउँछन् ।
जसले गर्दा- यहाँका मिडिया खस्किने अवस्थामा पुगेको प्रति खेद जनाएको छ।
त्यस्तै – पत्रकार महासंघ सिराहाका सभापति मनोज बनैताका अनुसार “पत्रकार समाजको ऐना हो” – वहाँहरुले आफ्नो नैतिकता , उत्तरदायित्व , निष्पक्षता, सत्यता, वस्तुनिष्ठताका आधारमा जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि गृह संञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, अध्यक्षता मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष कैलाश दास , विशिष्ट अतिथिहरु नेपाल पत्रकार महासंघ केेन्द्रीय सदस्य राजेश कर्ण, सिराहा शाखा अध्यक्ष मनोज बनैता, निवर्तमान अध्यक्ष दिनेश्वर गुप्ता , लगायत सिराहाका सम्पूर्ण पत्रकारहरु उपस्थिति रहेका थिए । उक्त
कार्यक्रम लहानस्थित सुर्या होटलमा राखिएको थियोे ।








प्रतिक्रिया