गौरको बिपि चौकबाट बिपि कोईरालाको सालिक हटाईयो! राखियो दुर्गा माताको मुर्ती।

न्यूज डेस्क     २०८२ भाद्र २४, मंगलवार १७:५१ बजे मा प्रकासित


अमित ठाकुर,रौतहट । रौतहटको सदरमुकाम गौरको बिपि चौकमा राखिए बिपि कोईरालाको सालिक जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीले भत्काई दुर्गामाताको मुर्ती स्थापना गरेका छन् ।

उक्त बिपि चौक २०६३को आन्दोलन भन्दा पहिला माहाबिर चौकले परिचित रहेको स्थानीय देवी अधिकारीले बताए। उक्त बिपि चौकका २०६३ को मधेश आन्दोलन भन्दा पहिला महाविरी झण्डा लाग्ने गर्थ्यो। त्यसैले माहाविर चौक थियो। पछि केही नेताहरुले आफ्नो स्वार्थ पुर्ती गर्न २०६३ को मधेस आन्दोलन भन्दा पहिला बिपि कोईरालाको सालिक स्थापना गरेको थियो।

 

स्थापना पश्चात् २०६३ को मधेस आन्दोलनको क्रममा सालिक भत्काई मधेसी क्रान्ति चौकको नामले नामाकरण गरे। पछि स्थानीय सरकार अर्थात गौर नगरपालिकाले निर्मित भएको घण्टाघर मुनि बिपि कोईरालाको सालिक निर्माण गराएका थिए।

 

चर्को बिवादका कारण सो निर्माण गरिएको घण्टाघर बिपि कोईरालाको सालिकको उद्घाटन हुन सकेका थिएन्। हिजै देखि देश ब्यापीमा सुरु भएको जेन जेडको आन्दोलनमा सो सालिक भत्काई दुर्गा माताको मुर्ती स्थापना गरि दुर्गा चौक नामाकरण गरिएको समाजसेवी अधिकारीले बताए ।

प्रतिक्रिया





Top