वीरगञ्जबाट ब्राउनसुगरसहित चार भारतीय पक्राउ

न्यूज डेस्क     २०८१ चैत्र २२, शुक्रबार ०६:१३ बजे मा प्रकासित


वीरगञ्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित चार भारतीयलाई पक्राउ गरेको छ ।

 

वीरगञ्ज महानगरपालिकाको रजतजयन्ती चोकबाट २२० ग्राम ब्राउनसुगरसहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिहार रक्सौल निवासी अमित कुमार श्रीवास्तव, किसन कुमार, सुधीर कुमार कुशवाहा र राजाकुमार यादव रहेका छन् ।

विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा प्रहरीले भारतीय नम्बरको स्कारपियोसहित चारै जनालाई पक्राउ गरेको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार प्रहरीले उनीहरुको साथबाट बीआर ०६ बीई ०००७ नम्बरको स्कारपियो बरामद गरेको छ ।

 

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । चारै जनामाथि लागु औषध मुद्दामा अदालतबाट पाँच दिनको म्यादसमेत थप भइसकेको पर्सा प्रहरीले जानकारी दिएको छ ।फाइल तस्बिर

प्रतिक्रिया





Top