अमित ठाकुर,रौतहट/चैत २२। नेपाल भारत सिमाको गौर बैरगनिया नाकाबाट हुण्डी कारोबार तीब्र गतीमा बढेको हो। रौतहट संग टासिंएको भारतको बैरगनिया,चैनपुर,घोडासाहन नाका भएर करोडौंको हुण्डी कारोबार हुँदै आएको एक स्रोतले जनाएको हो। प्रहरीले दिनहुँजसो भारतको बैरगनिया गौर भित्रिंदै आएको स्रोत नखुलेको नेरु रकम बोक्नेलाई नियन्त्रणमा लिने गरेको छ ।
अनुसन्धानपछि उनीहरु व्यवसायिक हुण्डी कारोबारीका भरिया मात्र भएको खुल्ने गरेको प्रहरी स्रोतले बताउँछ । तर यो कारोबारमा बैरगनियाका केही नाम चलेका उद्योगी व्यवसायीको पनि संलग्नता रहेको र तिनीहरुले नै भरिया मार्फत् हुण्डीको रकम ल्याउने र पुर्याउने गरेको प्रहरीको अनुमान छ । हिजो शस्त्र प्रहरी बल ११ नंबर शस्त्र प्रहरी बल सिमा सुरक्षा गुल्म गौरले गौर भन्सारको पुर्वपट्टी रहेको कानु टोलमा भारत बिहार राज्यको बैरगनिया पटेल चौक बस्ने राम पटेलका १८ बर्षीय छोरा मोहित पटेलले पाईन्टको गोजीमा लुकाई छुपाई ल्याउँदै गरेको स्रोत नखुलेको ५ लाख रुपैयाँ सहित पक्राउ गरेका थिए ।
उनले भने भारतमा भएको कारोबार वापतको रकम पटेलले हुण्डी मार्फत भित्र्याएको पाइएको छ । उनलाई बैरगनियाका नामी हुण्डी व्यवसायिक कौशल र दिलिपले दर्जनौं कलिलो उमेरका केटाहरुलाई भरियाको रुपमा प्रयोग गरी रौतहटको विभिन्न नाकाबाट हुण्डी कारोबार फस्ट्याको एक स्रोतले जनाएको हो ।
रौतहटको सिमाना संग टाँसिएको आईएमई बैंकहरुले सो हुण्डी कारोबारलाई बढावा दिएको एक स्रोतले बताउँछन् । उता प्रहरीले हुण्डी कारोबारीलाई धमाधम पक्राउ गर्दै आएका छन् ।
प्रतिक्रिया