अमित ठाकुर,रौतहट।चैत २७। रौतहट जिल्लाको सदरमुकाम गौरको राईसमिलमा चलिरहेको आरपिएलको पहिलो सिजनको खेलको दोस्रो म्याच गुजरा र तेस्रो म्याच गौर नगरपालिका बिजयी भएका छन्। हिजो देखि सुरु भएको आरपिएल म्याचको उद्घाटन म्याच गौर र गरुडा नगरपालिका बिच भएको थियो।
उद्घाटन म्याच गौर नगरपालिकाले हिजो गरुडा संग पराजित भएको थियो। आज भएको दोस्रो दिनको म्याच नंबर २ मा राजदेवी र गुजरा नगरपालिकाले म्याच खेलेका थिए। गुजरा नगरपालिकाले टच जितेर पहिले ब्याटिङ रोजेका थिए ।
आरपिएल म्याचको दोस्रो दिनको दोस्रो म्याचमा गुजरा नगरपालिकाले २० अोभरमा १० बिकेट गुमाउँदै १५४ रन बनाएका थिए। १५४ लाई पछाडि गर्दै राजदेवी नगरपालिकाले २० अोभरमा ८ बिकेट गुमाउँदै १०८ रन बनाई ४६ रनले पराजित भएका थिए। भने तेस्रो खेल गौर नगरपालिका र कटहरिया नगरपालिका बिच भएका थिए ।
गौर नगरपालिकाले टच जितेर २० अोभरमा १० बिकेट गुमाउँदै १५४ रन बनाएका थिए। भने कटहरिया नगरपालिकाले १५४ रनलाई पछाडि गर्दै १९.४ बलमा १० बिकेट गुमाउँदै १३३ रन बनाएका थिए। भने गौर नगरपालिकाले २१ रनले जित हाँसिल गरेको आयोजक समितका सदस्य गौतम श्रेष्ठले जनाएको हो।








प्रतिक्रिया