जनकपुरधाम। धनुषामा जारी ‘ट्राफिक सप्ताह २०८२’ को छैठौं दिन आज निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरी विशेष रूपमा मनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको आयोजना र जनकपुर प्रदेशिक अस्पतालको सहकार्यमा ट्राफिक प्रहरी र सवारी साधन चालकहरूका लागि निःशूल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम अन्तर्गत आँखा परीक्षण, रक्तचाप (ब्लड प्रेसर) जाँच, तथा अन्य सामान्य स्वास्थ्य परीक्षणहरू गरिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्य बहादुर शाहीका अनुसार यो कार्यक्रमले सडकमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सडक अनुशासन कायम गरी दुर्घटना न्यूनीकरण गर्ने हाम्रो लक्ष्य हो प्रमुख शाहीले बताए। ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, ट्राफिक नियमसम्बन्धी जानकारीमूलक प्रशिक्षण, हेल्मेट तथा सिटबेल्ट प्रयोगको आवश्यकता लगायतका विषयमा जागरूकता फैलाउने उद्देश्यका साथ विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक सुरक्षा तथा जनचेतनामुलक ट्राफिक सप्ताह- २०८२ अन्तर्गतको स्वास्थ्य परीक्षण ( आँखा, श्रवण शक्ति चेक, ब्लड प्रेसर) कार्यक्रम सम्पन्न भएको छ । तालुक मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालय र यस कार्यालयको आयोजना तथा प्रादेशिक अस्पताल जनकपुरधाम, धनुषाको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा १३० जना चालक, सह-चालक सहितका स्वास्थ्य परिक्षण गराउनु भएको थियो ।









प्रतिक्रिया