जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीका नासु अशोक कुमार यादवले किरिया खर्चमा समेत घुस लिए गत मंसिर ७ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत यादवले किरिया खर्चको रकमबाट घुस लिएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको थियो ।
अख्तियारले नासु बस्ने कुर्सी मुनिबाट रकम बरामद गरेको थियो ।नासु यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको आफन्तले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकममा समेत घुस लिए पछि अख्तियारले नियन्त्रणमा लिएर विशेषमा मुद्धा लगेको थियो ।
अख्तियारले विशेषमा मुद्धा लगेको ६ महिना पछि अदालतले यादव घुस लिएको आरोपमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायधीशद्धय राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई दोषी ठहर गर्दै १ महिना कैद सजाय सुनाएको छ ।यस्तै विशेषले सोही मुद्धाका अर्का आरोपी दिनेश प्रसाद साहको हकमा दावी पुष्टि हुने वस्तु निष्ट प्रमाण नभेटिएकाले अदालतले सफाई दिएको छ ।








प्रतिक्रिया