गरिबको सपना अधुरो कमिसनको कारण भत्किदै भदन भण्डारी अवास !

न्यूज डेस्क     २०८२ श्रावण २२, बिहीबार १४:१७ बजे मा प्रकासित


अमित ठाकुर, रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा सरकारले बनाएको घर ३ दिनकै बर्षामा भत्किन सुरु भएको हो । रौतहटको अधिकाशं पालिकाहरुमा गरिब असहायहरुको बन्दै रहेको मदन भण्डारी आवास योजना अन्तर्गत निर्माण गरिएका घरहरू ३ दिनकै बर्षायाममा भत्किन थालेको हो ।

 

भौतिक पुर्वाधार कार्यालय रौतहटका ईन्जिनियर रामबाबु प्रसादले गुणस्तरहीन कामको चर्को कमिसन लिई गत असारमसान्तको अन्तिमसातामा भुक्तानी बिल बनाई गरिब निमुखाको सपना अधुरो बनाएको हो। ईन्जिनियर रामबाबु प्रसाद पहिला देखिनै कमिसनको आडमा अधिकाशं योजनाहरु कमसल र गुणस्तरहीन कार्य गराईएको भए पनि राज्यले पनि कुनै कार्वाही नथाले स्थानीयहरुले आरोप लगाएको हो। तत्कालीन प्रदेश सांसद बाबुलाल साहको अधिकाशं योजनाहरुमा ठुलै कमिसन खाए पनि ईन्जिनियर रामबाबु प्रसादलाई अख्तियारले पनि अहिले सम्म कार्वाही नगर्नु अख्तियार माथि नै स्थानीयहरुले प्रशन उठाएका छन् ।

 

मधेस प्रदेश सरकारले असार महिनाको अन्तिममा आएर बजेट सिद्ध्याउन धमाधम निर्माण सुरु गरेको मदन भण्डारी अवास योजना तीन दिनकै बर्षामा माधव नारायण नगरपालिका- १ गढोमा मधेस प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत निर्माण गरिएका घरहरुको पर्खाल भत्किन थालेका छन्।हरेक पालिकामा चलिएको मदन भण्डारी अवास योजनामा सरकारको कार्यविधिमा उपभोक्ता समितिमार्फत निर्माण गराउनु पर्ने घरलाई ईन्जिनियर रामबाबु प्रसादले कागजमा उपभोक्ता समिति राखि ठेकेदारमार्फत नै घरहरू बनाउन सुरु गरिएको स्थानीयहरुले आरोप लगाएको हो । इन्जिनियर रामबाबु प्रसादले नै निर्माणसम्बन्धी सम्पूर्ण जिम्मा लिएको र गुणस्तरहीन सामग्रीको प्रयोगका साथै कार्यविधि विपरीत घर निर्माण हुँदा पनि रकम निकासाका लागि भुक्तानी बिल बनाएको भवन ३ दिनकै बर्षामा भत्किन सुरु भएको स्थानीयहरुले अवाज उठाउन थालेका छन्। गत असार मसान्तसम्म निर्माण भइसक्नुपर्ने घरहरूमध्ये केही घर अझै पनि निर्माणकै क्रममा रहेको र सोही क्रममा भत्किन सुरु भइसकेको हो ।

 

मदन भण्डारी आवास योजनाअन्तर्गत माधवनारायण नगरपालिकाको गढोमा निर्माण भएका घरहरू गुणस्तरहीन सामग्रीले बनेका हुनाले उक्त आवासमा बस्नेहरूको ज्यानसमेत जोखिममा रहेको माधव नारायण नगरपालिकाका एक पूर्व वडाध्यक्षको आरोप रहेको छ ।

प्रतिक्रिया





Top