जनकपुुरधाम । अन्तर्राष्ट्रिय युवा दिवसमा सबैला नगरपालिकामा सम्पन्न भएको छ । उक्त कार्यक्रम जनकी महिला जागरण समाज (JWAS) द्वारा आयोजना गरिएको थियो भने आर्थिक सहयोग प्लान इन्टरनेशनल नेपालले प्रदान गरेको थियो ।
साे कार्यक्रममा कुल ३८ जना सहभागी भए जसमा २० जना महिला र १८ जना पुरुष थिए । कार्यक्रमको मुख्य उद्देश्य युवाहरूमा जलवायु परिवर्तन तथा उद्यम विकासका बारेमा सचेतना बढाउनु, यसको कारण, प्रभाव र स्थानीय प्रभावका बारेमा जानकारी दिए साथै आफ्नो उद्यमलाई जलवायु मैत्री बनाउने तरिकाले प्रोत्साहित गर्नु भएको थियो ।
चर्चा सत्रमा अनुभवी प्रशिक्षकले जलवायु परिवर्तन के हो, यसले सबैला नगरपालिकामा कसरी असर गरिरहेको छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, आवश्यक रणनीति के-के हुनुपर्छ, र उद्यमलाई जलवायु मैत्री किसिमले कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा जानकारी प्रदान गर्नुभयो ।
कार्यक्रममा सहभागी भएका ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी सई बिमलेश यादवले भने समुदाय र जनतामा विपद्को असर कम गर्ने उपायहरू तथा आफ्नो अनुभवहरू साझा गर्नुभयो । विपद्को प्रभावबाट कम प्रभावित हुने उपायहरूबारे पनि सुझावहरू प्रस्तुत रहेको हाे ।

सबैला नगरपालिका नगर प्रमुख करिराम यादवले आफ्नो योजनाबारे जानकारी दिँदै सबैला नगरलाई “सफा सबैला, सुन्दर सबैला” बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।











प्रतिक्रिया